देउवाले बोलाए पार्टीका शीर्ष नेताको बैठक

देउवाले बोलाए पार्टीका शीर्ष नेताको बैठक

नवनियुक्त प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन्। बिहीवार (भोलि) दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाएका हुन् ।

पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको समेत उपस्थिती रहने उक्त बैठक देउवा निवास बूढानिलकण्ठमा बस्नेछ ।

भोलि बस्ने बैठकमा नयाँ सरकारका प्राथमकिता, मन्त्रिपरिषद् विस्तार र  महाधिवेशनका सन्दर्भमा छलफल हुने बताइएको छ।