विजय गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा

विजय गच्छदार १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा

ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा हुनुभएको छ । विशेष अदालतले गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएपछि उहाँ रकम बुझाएर तारेखमा रिहा हुनुभएको हो ।

यसअघि फरार सूचीमा रहनुभएका गच्छदार आज बुधवार बिहान आफैँ विशेष अदालतमा उपस्थित हुनुभएको थियो । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादारविरुद्ध नाै करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको हो । उहाँसँगै एक सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । यो मुद्दाका केही व्यक्ति रिहा भइसकेका छन् भने केहीमाथि मुद्दा चलिरहेको छ ।