कर्णालीको चालू अधिवेशन अन्त्य

कर्णालीको चालू अधिवेशन अन्त्य

कर्णाली प्रदेशको चालू अधिवेशन अन्त्य भएको छ । कार्यसूचीमा प्रवेश नगरी प्रदेश सभाको चालू आठौँ अधिवेशन अन्त्य भएको जनाइएको  छ । 

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले असार ३० गते राति १२ बजेदेखि लागू हुने गरी चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई पत्र पठाएको थियो ।

सोही सिफारिस अनुसार  प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार राति १२ बजेबाट आठौँ अधिवेशन अन्त्य गरेका हुन् । बुधबार पनि आठौं अधिवेशनको अठारौँ बैठक पनि एमालेले अवरुद्ध गरेको थियो ।