युवा ! इतिहासकार बन्ने की ?

युवा ! इतिहासकार बन्ने की ?

धेरै परको कुरा नगरौ, विर नेपालीका विरताका कथाहरु कैयौ पढियो, कैयौ सुनियो । टुक्रा टुक्रामा विभाजित देशलाइ आफु टुक्रा टुक्रा भएर पनि एक बनाएर गएका विर नेपालीहरुका इतिहास खोज्नेहो भने ठुलै लिस्ट बन्नु पुग्छ । विभिन्न काल खण्डमा विभिन्न किसिमका व्यवस्था र व्यक्तिहरु उच्च तहमा पुगे र उनिहरुले आफ्नो विवेक र क्षमता अनुसारका काम गरेर गए ।

व्यक्तिले के पायो र देशले के पायो त्यसको समिक्षा आज हामीले गर्दै छौ र भोलि अर्को पुस्ताले पनि गर्ने नै छ । जुन बेलामा जुन कुराको आवश्यकता पर्छ त्यसको समिक्षा गरिन्छ । पृथ्वीनारायण शाहले गरेका बाइसे चौविसे राज्य एकीकरण जस्ता कैयौ इतिहासका महत्वपूर्ण घटनाहरु हामी बारम्बार पनि सम्झीने गर्दछौ र त्यसको समिक्षा पनि गर्दछौ । यि घटनाहरूलाई उदाहरणका रूपमा पनि प्रस्तुत गर्ने गर्दछौ । समयले इतिहास निर्माण गर्छ र इतिहासले व्यक्तिको उदय गर्छ । 

अहिले सत्तामा रहेका नेताहरु ओली, देउवा, प्रचण्ड हरु वि.स . २०४० ÷५० देखी नै राजनीतिको अग्र मोर्चाम छन अहिले उनिहरुको उमेर करिब ७० देखी ८० को विचमा छ । भनेपछि उनीहरू त्यतिबेलाको उमेर भनेको ३५ देखी ५० को विचमा रहेछ । तरपनि उनीहरुले यति हस्तक्षेपकारी भुमिका खेलेका रहेछन की निरंकुश राजतन्त्र हुदैहुदै पनि त्यसको विरुद्धमा बुलन्द आवाज उठाइ जनताका अधिकार प्राप्तिका लागि कैयौ विद्रोह समेत गरे ।

त्यो विद्रोहले उनिहरुको जीवन समाप्त सम्म हुन्छ भन्नेकुरा प्रष्ट थाहा हुदाहुदै पनि झुकेनन। जसको असर अहिले सम्म पनि देखिन्छ । एकातिर व्यवस्था परिवर्तन लोकतान्त्रिक मुलुकको निर्माण  र अर्को तिर उनिहरुको व्यक्तिगत शारीरिक समस्या । शेर बहादुर देउवा को जिब्रोमा करेन्ट लगाएको कुरा छ । उहाको बोली प्रष्ट आउदैन ।

ओलीले १४ वर्ष जेलभित्र कष्टकर जीवन विताएका कुरा जसका कारण किड्नीमा समेत असर पुग्यो भन्ने सुनिन्छ । प्रचण्डको त झण्डै टाउकै काट्ने आदेश थियो रे मुल्य तोकेर । लगायत तमाम यस्ता उदाहरण छन ।कसैले उनिरुको जीवनशैली मा प्रश्न पनि उठाउलान त्यो चारित्रिक कुरा भयो । कैयौ ले शहादत प्राप्त गरि अहिले देशका शहिदको रुपमा हामी सम्मान गर्ने गर्दछौ ।

अझै दशरथ चन्द,  धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, र गंगालाल श्रेष्ठ लगाएता कैयौ विर शहिदहरुलाइ त बिच बाटोमै गोली हानी हत्या गरियो । यति देख्दादेख्दै सुन्दा सुन्दै पनि नेताहरुले बोल्न छोडेनन । जननेता मदन भण्डारी जसको विचार जनताको बहुदलीय जनवाद आजका दिनसम्म यो देशको सुन्दर भविष्यको निर्माण गर्ने विचार हो त्यसका प्रतिपादक थिए र जीवराज आश्रीत जो अहिलेकै नेताहरुका सहकर्मी समेत थिए उनिहरुको पनि हत्या गरियो ।

यति हुदाहुदै पनि शेर बाहादुर देउवा २०५२ सालमै प्रधानमन्त्री हुन सफल भएका थिए । केपी शर्मा ओली २०५१ सालमै मनमोहन अधिकारी कै सरकारको गृहमन्त्री भैसकेका थिए । माधव नेपाल पार्टीको नेतृत्व सम्हालि रहेका थिए, प्रचण्ड लगायतका नेता विद्रोहमा थिए ।

आजका दिन सम्म पनि उनिरु एकछत्र सत्तामा छन । उनिहरुको कहिकतै नियतबस अथवा चरित्रले खराब भए होलान त्यसको परिणाम पनि उनिहरुले भोग्नुपर्छ समय आउदा । तर पनि त्यो साहस र क्षमता र त्यागको उच्च सम्मान गर्नै पर्छ । 

यो कुरो कता जोडिएको छ भने तिनै नेताकै पछि लागेर, सिकेर अहिले नेतृत्व गरिरहेको युवा पुस्ता यति कमजोर भयो की, यति असक्षम भैदिए की उनिहरु तिनै नेताका कुरामा हो मा हो मिलाएर बस्न शिवाय अरु केहिपनि गर्न नसक्ने भैदिए ।

घरमा बुढा बा आमालाइ तपाईं आराम गर्नुस् अब दुःख नगर्नुस् भन्न सक्छन, तर आफ्नै अगुवा नेतालाइ ल तपाइहरु आराम गर्नुस् अब हामी यो देशको जिम्मा लिन्छौ तपाइहरुले देखाएको बाटोलाइ पछ्याउदै नया ढंगले नयाँ भिजनका साथ अगाडि लैजान्छौ, समय परिवर्तन भइसक्यो अलिकति परिमार्जित विचार र शैलिले काम गर्नुपर्छ अब त्यो हामी गर्छौ सम्म भन्न सकिरहेका छैनन् ।

झन उनिहरु कहिले सत्तामा पुग्लान र हामीलाइ पनि पछि पछि लगेर जालान अलि झार्देलान र टिपौला झै बसेका छन । यसको अर्थ उनिहरु असक्षम हुन ? पक्कै असक्षम होइनन् तर कृत्रिम असक्षम बनेका हुन । कोहि लोभमा, कोहि आदर्शमा, कोहि बाध्यताले असक्षम भैरहेका छन यो उपयुक्त हो त ? गम्भीर प्रश्न खडा भएको छ ।

केहि सत्ता भन्दा बाहिर रहेका युविहरु बैकल्पिक बाटोबाट यि समस्याको समाधान खोजिरहेका छन तर सत्ता संग जोडिएका युवाहरु यि विभिन्न कारणले पन्छिन खोजिरहेका छन । यसले इतिहास राख्ला त ? देश बन्ला त ? हाम्रो भावी पुस्ताको सुन्दर भविष्यको निर्माण होला त ? इतिहासले हामीलाइ के भनेर सम्झन्छ होला सोचौ त !

त्यसैले अग्रजहरुलाइ सम्मान सहित विश्राम गर्न लगाई नयाँ पुस्ताले हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने बेला आएको छ, देश र हाम्रो भावी पुस्ताको सुन्दर भविष्यको लागि । कुनै खालको प्रलोभनले, आसाले कतै इतिहास बन्ने अवसर गुमाइरहनु भएको छ भने छोड्नुस सब त्यो क्षणिक हो, र आउनुस हातेमालो गरौ नया इतिहासले पर्खिरहेको छ हामीलाई ।