एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

एमाले अध्यक्ष ओलीले बोलाए संसदीय दलको बैठक

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसद पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।

शुक्रबार ११ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘संसद बैठक बस्नुअघिको नियमित बैठक हो ।’