सुबिसुले ल्यायो नेपालकै फास्ट इन्टरनेट, के के छन् प्याकेज ?

सुबिसुले ल्यायो नेपालकै फास्ट इन्टरनेट, के के  छन् प्याकेज ?

सुबिसु केबल नेटले नेपालकै सबैभन्दा ‘फास्ट इन्टरनेट’ को प्याकेज ल्याएको छ । यो प्याकेजमा प्रयोगकर्ताले वार्षिक २८ हजार ३१८ रुपैयाँमा ४ वटा क्लियर टिभी सब्सक्रिप्सन सहित १५० एमबीपीएस स्पिडको प्रीमियत प्याकेज लिन सक्ने कम्पनीले जनाएको छ । 

यस अनुसार १ पटकका लागि सेट टप बक्सको १ हजार ७६९ रुपैयाँ पर्नेछ भने हरेक वर्ष २६ हजार ५४९ रुपैयाँ तिर्नुपर्नेछ । यसको मासिक हिसाब गर्दा २ हजार ३६० रुपैयाँ र्नि आउँछ । 

१५० एमबीपीएस गतिको इन्टरनेटलाई ६ महिनाको प्याकेजको रुपमा पनि प्रयोगकर्ताले पाउन सक्ने गरी व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसमा ४ ओटा आईपीटिभी सब्सक्रिप्सन सहितको प्रिमियम प्याकेजका लागि १७ हजार ७९ रुपैयाँ तोकिएको छ । यो प्याकेजमा सेट टप बक्सका लागि २ हजार २१२ रुपैयाँ, ५ गिगाहर्ज राउटरका लागि १ हजार ३२७ रुपैयाँ र इन्टरनेट वापत १३ हजार ५४० रुपैयाँ तिर्नु पर्नेछ ।

हाल यो प्याकेज काठमाडौँ उपत्यका भित्र मात्र उपलब्ध रहेको छ । यो प्याकेज डुअल प्ले सर्भिसमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।