फोर्स मोटरका ट्राभलर गाडी धनगढीमा

फोर्स मोटरका ट्राभलर गाडी धनगढीमा

फोर्स मोटर धनगढीको आधिकारीक बिक्रेता असिम सिहं ईटरप्राईजेज प्रालीले नया गाडी लन्च गरेको छ । फोर्सका नयाँ मोडलका ट्राभलर गाडीहरुको एक कार्यक्रमका बीच लन्च गरेको हो ।

सुदुरपश्चिममा नै पहिलो पटक लन्च गरिएको सुबिधाजनक रोयल एयर सस्पेन्सल ट्राभलर लक्जरी बिएस फोर फोर्स गाडि, फोर्स एसि, नन एसि सुबिधाका गाडि नयाँ मोडलमा भित्रिएको असिम सिहं ईटरप्राईजेज प्रालीका अध्यक्ष धर्मेन्द्र सिहले बताउनुभयो ।

उहाले नेपालको पश्चिम भेगका लागि उक्त गाडि उक्तम रहेको बताउनु भयो । उहाले फोर्स कम्पनिले ग्राहकमुखी र अन्य कम्पनीका गाडीको तुलनामा सस्तो अनि बलियो रहेकाले फोर्स कम्पनिले नेपाली बजार लिड गर्ने बताउनुभयो । हाल फोर्सका ट्राय्क्स क्रुजर ,कार्गो किङ्ग ट्राम,४० बलबान टेक्टर्सहरुको सफलतासंगै बजारमा नया मोडेलका गाडीहरु ल्याईएको फोर्स मोटर्स पुणे भारतका ईन्जिनियर माधव ईलें बताउनुभयो ।

उहाले पछिल्लो समयमा फोर्स कम्पनीका गाडीहरुले राम्रै बजार लिरहेकाले फोर्सका गाडीहरु प्रति आकर्षित हुन समेत आग्रह गर्नुभयो । यात्रुहरुलाई सहज र आरामदायी सेवा दिने भएकाले यसले राम्रो बजार पाउने बताउनुभयो ।