वडा सभापतीका लागि जोशीले गरे उम्मेदवारी घोषणा

वडा सभापतीका लागि जोशीले गरे उम्मेदवारी घोषणा

डडेल्धुरा । बिगत लामो समयदेखी नेपाली काङ्ग्रेसको सक्रिय राजनितीमा  लागेका नेपाल विद्यार्थी संघका नेता दिनेश प्रशाद जोशीले आसन्न १४ औं महाधिवेशनमा वडा सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।
नजिकिदै गरेको आसन्न १४ औं महाधिवेशनमा जोशीले  डडेल्धुरा नेपाली काङ्ग्रेस परशुराम नगरपालिका वडा नम्बर ८ को वडा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

वि.सं. २०६८ सालबाट विद्यार्थी राजनीतिबाट  सक्रिय राजनिती गरिरहेका २५ वर्षीय जोशीले `नेपाली राजनितीमा युवा´ भन्ने मुल नाराका साथ परशुराम ८ को वडा सभापतिका लागी उम्मेदवारी दिएका हुन । 

आफू सभापति भएपछी वडा भित्र रहेका पार्टी र संगठनका कमि कमजोरीहरु सुधार्दै जाने र सबैसंग समान दृष्टिकोणले आफ्नो जिम्मेवारी पूरा गर्ने उम्मेदवार जोशीले बताए ।उनले भने "नेपाली काङ्ग्रेस वडा सभापतिको  जिम्मेवारी सम्हाली, काङ्ग्रेसको सिद्धान्त मुल मर्मलाई आत्मसात गरि पार्टी र संगठनलाई गाउँ गाउँ  बाट बलियो बनाउने र सुदृढ गर्ने कार्य गर्ने छु।"

नेपाल विद्यार्थी संघ कंचनपुरका  पूर्व जिल्ला सदस्य समेत रहेका जोशी नेपाली काङ्ग्रेस पार्टी प्रती कटिबद्ध रहेका व्यक्ती हुन । उनी एक कर्मठ र आँटिला युवा नेता हुन । उनको सामाजिक क्षेत्रमा समेत योगदान रहेको छ । उनी योग्य र सक्षम युवा नेताका रुपमा परिचित छन् ।

नेपाली काङ्ग्रेस पार्टीका लागि दिनरात काम गर्ने लगनशिल र क्रियाशिल युवा नेताको भूमिका निर्वाह गर्दै आइरहेका युवा नेता जोशीको हाल सम्म एकल उम्मेदवारी रहेको छ ।