सरकारको ‘न्यूनतम साझा’ कार्यक्रम तय गर्न माओवादी केन्द्रको आह्वान

सरकारको ‘न्यूनतम साझा’ कार्यक्रम तय गर्न माओवादी केन्द्रको आह्वान

नेकपा माओवादी केन्द्रले गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्नका लागि आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्न गठित कार्यदललाई आह्वान गर्ने निर्णय गरेको हो ।

स्थायी कमिटी बैठकले सरकार सञ्चालनका लागि संविधान र कानूनभित्र रहेर न्यूनतम नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको भन्दै नेता नारायणकाजी श्रेष्ठले भने,‘गठबन्धनको सरकारालई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धतामार्फत् अगाडि बढ्नुपर्ने भएकाले छिटो गठबन्धनका पार्टी सम्मिलित भएर साझा कार्यक्रमहरु तुरुन्त तय गर्न आह्वान गर्ने निर्णय भएको छ ।’

सरकारलाई विश्वासको मत दिने सबै राजनीतिक दलका नेताहरुलाई धन्यवाद दिने निर्णय समेत गरेको नेता श्रेष्ठले जानकारी दिए । ओली सरकारविरुद्ध संघर्ष गर्दा विपक्षी गठबन्धनले अघि सारेको एजेण्डाअनुसार वर्तमान सरकारको कामकारबाही अघि बढाउने विषयमा समेत स्थायी कमिटिमा छलफल भएको छ ।