विश्वभर कोरोना भाइरसबाट ४१ लाख ३४ हजारभन्दा धेरैको मृत्यु

विश्वभर कोरोना भाइरसबाट ४१ लाख ३४ हजारभन्दा धेरैको मृत्यु

कोरोना भाइरसको सन्त्रास विश्वभर फैलिएको छ । सन् २०१९ को चीनको वुहानबाट फैलिएको भाइरसले रोकिने नाम लिएको छैन । भाइरसका विभिन्न भेरियन्ट देखा परेका छन् ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट ४१ लाख ३४ हजार ९४८ जनाले ज्यान गुमाइसकेका छन् भने १९ करोड २५ लाख १६ हजार ३८७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो अमेरिका । अमेरिकामा हालसम्म ६ लाख १० हजार १९० जनाले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म ५ लाख ४७ हजार १६ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारतमा पनि भाइरसबाट ज्यान गुमाउनेको संख्या अत्याधिक रहेको छ । भारतमा हालसम्म ४ लाख १८ हजार ९८७ जनाले ज्यान गुमाइसकेका छन् । 

यसैगरी मेक्सिकोमा २ लाख ३७ हजार ६२६, पेरुमा १ लाख ९५ हजार २४३, रुसमा १ लाख ४९ हजार १२, बेलायतमा १ लाख २९ हजार २६६, इटालीमा १ लाख २७ हजार ९२० र कोलम्बियामा १ लाख १७ हजार ८३६ जनाले ज्यान गुमाइसकेका छन् ।