धनगढीमा अबैध सामान बरामद

धनगढीमा अबैध सामान बरामद

धनगढी । धनगढीमा प्रहरीले करिब २ लाख ७८ हजार बराबरको अबैध सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याईएका २ लाख ७८ हजार २ सय १० रुपैंया बराबरको सामान बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-९ बंग्राकटानबाट उक्त सामान बरामद गरेको हो।

बरामद गरिएका अबैध सामानहरु भन्सार ऐन बमोजिम कारबाहीका लागी भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ।