सन्जिवनी क्लिनिकको एक दिने नि:शुल्क सुगर जाँच शिबिर सम्पन्न

सन्जिवनी क्लिनिकको एक दिने नि:शुल्क सुगर जाँच शिबिर सम्पन्न

महेन्द्रनगर ।महेन्द्रनगर बजारमा रहेको सन्जिवनी मल्टिस्पेसियालिटी क्लिनिकले एक दिने नि:शुल्क सुगर जाँच शिबिर सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न शिबिरमा उक्त क्लिनिकले सुगरको नि:शुल्क जाँच संगै नि:शुल्क औषधि  समेत दिएको छ। शिबिरमा बरिस्ठ फिजिसियन डा.बिबेक मल्लले सुगर बिरामीको चेकजाँच गरेका थिए। 
शुक्रबार सम्पन्न शिबिरमा करिब १०० भन्दा बढी व्यक्तीको सुगर जाँच गरि उनिहरुलाई नि:शुल्क औषधि समेत दिईएको क्लिनिक का संचालक दिपक बिष्टले बताए । क्लिनिकले शिबिरमा आएका सम्पुर्णलाई ल्याब सेवा, अल्ट्रासाउन्ड सेवा, र औषधि उपचार निशुल्क गर्दै सुगरका बिरामीहरुका लागि नि:शुल्क डाइट प्लान समेत उपलब्ध गराएको थियो । 
 महेन्द्रनगर बजारको गल्ली नं.४ मा अवस्थित उक्त क्लिनिक सन्चालनमा आएको करिब तीन महिना भैसकेको छ । क्लिनिकले एक्सरे,डिजिटल एक्सरे सेवा,प्याथोलोजी,ईसिजी सेवा,ल्याव सेवा, फार्मेसी सेवा लगायत माइनर OT समेत संचालनमा ल्याएको छ ।