फेसबुक चलाउँदा डाटा धेरै खर्च भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

फेसबुक चलाउँदा डाटा धेरै खर्च भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

पछिल्लो समय फेसबुक निकै लोकप्रिय बनेको छ । मानिसहरुको फोटो अपलोडदेखि लाखौं करोडौंका ट्रान्जेक्सन अहिले फेसबुकमार्फत हुनेगरेका छन् ।

यो समाचार तयार पार्दासम्म फेसबुक ५ बिलियन अर्थात् ५ अर्ब डाउनलोड भएको छ । फेसबुकमा विभिन्न  रोचक कुराहरु आउँछन्, जस्तै : फोटो, भिडियो, समाचार आदि ।

कहिलेकाहीँ १०-१५ मिनेट लामो भिडियोहरु फेसबुकमा आइरहेका हुन्छन्, जुन आफूलाई निकै रोचक लागेको हुनसक्छ । तर कुनैबेला इरिटेट हुने खालका कन्टेन्ट पनि आइरहेका हुन्छन् । फेसबुक चल्न वाइफाइ वा डाटा आवश्यक पर्दछ ।

डाटाबाट फेसबुक चलाउँदा कसरी आफ्नो डाटा जोगाउने भन्ने केही टिप्स :

फेसबुकमा भिडियोलाई यसरी अटो प्ले हुनबाट रोक्न सकिन्छ । यसो गर्नाले भिडियो अटोम्याटिक लोड हुँदैन जसका कारण अनावश्यक भिडियो प्ले हुँदैन र डाटा सेभ हुन्छ ।

कसरी गर्ने अटो प्ले अफ ?

-फेसबुकको सेटिङमा जानुहोस् ।
-सेटिङ एण्ड प्राइभेसीमा जानुहोस् ।
-भिडियोमा जानुहोस् ।
-भिडियोमा गएपछि तपाईले अटो प्ले अप्सन देख्नुहुन्छ ।
-त्यहाँ अटोप्लेलाई अफ गर्नुहोस् ।

त्यस्तै सेटिङमा गई डाटा सेभर अप्सनलाई इनेबल गर्नुभयो भने अनावश्यक हुने डाटा खर्च घट्छ ।