सुदूरपश्चिममा कानुन मन्त्रालयले भित्र्यायो मुद्रण मेसिन, अब प्रदेशमै राजपत्र छापिने !

सुदूरपश्चिममा कानुन मन्त्रालयले भित्र्यायो मुद्रण मेसिन, अब प्रदेशमै राजपत्र छापिने !

धनगढी । अब सुदूरपश्चिम प्रदेशमै राजपत्र छापिने भएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मुद्रण मेसिन भित्र्याए पछि प्रदेशमै राजपत्र छाप्न सकिने भएको हो । 

May be an image of 1 person, standing and outdoors

यसअघि राजपत्र छाप्न कै लागि अन्य प्रदेश जानु पर्ने बाध्यता रहेको थियो । तर अब मुद्रण मेसिन जडान भएपछि राजपत्र छाप्नकै लागि अन्यत्र धाउनु पर्ने बाध्यताको अन्त्य हुने आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीको स्वकीय सचिवालयले जनाएको छ ।

May be an image of grass and tree