नि:शुल्क सुगर जाँच शिबिर पछि सन्जिवनी क्लिनिकले गर्यो मुटु जाँच शिबिर सम्पन्न

नि:शुल्क सुगर जाँच शिबिर पछि सन्जिवनी क्लिनिकले गर्यो मुटु जाँच शिबिर सम्पन्न

महेन्द्रनगर ।सन्जिवनी मल्टिस्पेसियालिटी क्लिनिकले एक दिने नि:शुल्क मुटु जाँच शिबिर सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न शिबिरमा उक्त क्लिनिकले मुटुको नि:शुल्क जाँच संगै  परामर्श सेवा दिएको छ। शिबिरमा बरिस्ठ फिजिसियन डा.बिबेक मल्लले मुटुको चेकजाँच गर्दै उचित परामर्श दिएका थिए। 
शुक्रबार सम्पन्न शिबिरमा करिब १०४ भन्दा बढी व्यक्तीको मुटु जाँच गरि उनिहरुलाई मुटु सम्बन्धि परामर्श समेत दिईएको हो। उनिहरुलाई मुटुको इको, इ.सि.जि, मुटुको रगत जाँच ( कोलेस्ट्रोल र ट्राइग्लिसाराइड) साथै मुटु सम्बन्धि औषधि, निसुल्क डाइट चार्ट र डाइट सम्बन्धी निसुल्क परामर्श लगायत आक्समिक अवस्थामा अचानक बेहोस भएमा घरमा गर्न सकिने प्राथमिक उपचार (CPR ) को डेमोसट्रेसन  सहित  कोरोना बारेमा पनि सन्देश मुलक जानकारी समेत दिदै मुटु जाँच शिबिर सम्पन्न गरिएको क्लिनिकका संचालक दिपक बिष्टले बताए ।
“बिरामीहरुको रोग नै थाहा नपाई ज्यान गुमाउनु पर्ने वा अपांग हुनुपर्ने अवस्था रहेका कारण सम्पन्न शिबिरको मुख्य लक्ष्य भनेको उनिहरुलाई रोगको पहिचान गराई उचित परामर्श दिई सतर्कता अपनाई समयमै उपचार पाउन।” संचालक बिष्टले भने । उनले भने,:”कोरोना संक्रमण भैसकेका व्यक्तिहरुमा मुटु सम्बन्धि अनेक समस्याहरू देखिन थालेपछि उक्त शिबिरको आवस्यकता महसुस गर्दै शिबिर संचालनमा ल्याएका हौँ।”
 महेन्द्रनगर बजारको गल्ली नं.४ मा अवस्थित उक्त क्लिनिक सन्चालनमा आएको करिब तीन महिना भैसकेको छ । क्लिनिकले एक्सरे,डिजिटल एक्सरे सेवा,प्याथोलोजी,ईसिजी सेवा,ल्याव सेवा, फार्मेसी सेवा लगायत माइनर OT समेत संचालनमा ल्याएको छ । साथै क्लिनिकले आगामी दिनहरुमा पनि नि:शुल्क  शिबिरहरु गर्दै जाने बताउदै संचालक बिष्टले चाडै थाइराइड जाँच शिबिर पेट सम्बन्धी जाँच शिबिर, महिला तथा प्रसुती लगायतका शिबिरहरु संचालनमा ल्याउने जानकारी दिए । क्लिनिकले केही दिन अघि मात्रै नि:शुल्क सुगर जाँच सहित नि:शुल्क औषधि उपचार शिबिर कार्यक्रम सम्पन्न गरेको थियो ।