देशभर सामान्य देखि पूर्ण बदली, चार प्रदेशमा चट्याङ्गसहित भारी वर्षा हुने

देशभर सामान्य देखि पूर्ण बदली, चार प्रदेशमा चट्याङ्गसहित भारी वर्षा हुने

हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ। भारी वर्षा हुने स्थानहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहाव र बाढीको जोखिम रहने महाशाखाले जनाएको छ।