माधव नेपालपक्षका निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

माधव नेपालपक्षका  निरन्जन झा रेल्वे कम्पनीको महाप्रबन्धकमा नियुक्त

सरकारले नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धकमा सप्तरीका निरन्जन झालाई नियुक्त गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले माधव नेपाल नेतृत्वको नयाँ पार्टीका युवा नेतालाई महाप्रवन्धकमा नियुक्त गरेको हो ।

झा एमाले समाजवादीका युवा नेता तथा नेपालपक्षीय युवा संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका गुरु भट्टराईलाई नयाँ सरकारले स्पष्टीकरण सोधेपछि स्पष्टीकरण नदिई राजीनामा दिनुभएको थियो ।