भारतीय पक्ष कैलारी गाउपालीकाको शिवरत्नपुरमा एकलौटी नाली निर्माण गर्दै

भारतीय पक्ष कैलारी गाउपालीकाको शिवरत्नपुरमा एकलौटी नाली निर्माण गर्दै

भारतीय बन बिभागले कैलाली जिल्लाको मध्यवर्ती क्षेत्र कैलारी गाउँपालिकाको वडा नम्बर ३ को शिबरत्नपुर र बिशनपुर गाउँ डुबानमा पर्ने गरी आफ्नो भ–ूभागमा गहिरो नाला खन्दै अग्लो बाँध लगाएको छ । 

अन्तराष्र्टि«य प्रावधान बिपरित भारतीय पक्ष एकलौटी रुपमा सो क्षेत्रमा साढे तीन किलोमिटर लामो बाँध लगाएको छ । ६ फिट गहिरो नाली खनेर त्यहाँबाट निस्केको माटोले ६ फिट उचाईको पर्खाल समेत लगाइएको छ ।

स्थानीय तहका पदाधिकारीहरुका अनुसार भारतीय पक्षले नेपाललाई कुनै जानकारी नै नदिएर टे«न्च खन्ने र अग्लो पर्खाल बनाइरहेको छ । त्यसै पनि सो क्षेत्र बाढी प्रभावित क्षेत्र हो । भारतीय पक्षले सीमामा लगाएको यो बाँधले नेपाली बस्ती डुवानको थप जोखिममा परेको छ ।

कैलारी गाउँपालिकाको वडा नम्बर ३ शिबरत्नपुरबाट दुई सय मिटर मात्रै टाढा रहेको कौसम्बा मन्दिर छेउबाटै भारतीय पक्षले अग्लो बाँध लगाएको छ ।

 मोशना नदी भन्दा पारी पट्टि रहेको गाउँको नजिकैको सो मन्दिर नजिकको भू–भाग होचो भएका कारण बर्षातको बेलाको पानी त्यहीबाट निकास हुन्थ्यो । सोही स्थानबाट पर्खाल लगाइएपछि स्थानीयलाई बर्षातमा नेपाली बस्ती डुब्ने डरले अहिले नै सताउन थालेको छ ।

वडा नम्बर ३ का वडा अध्यक्ष कैलाश चौधरी भारतले लगाएको पर्खालका कारण शिबरत्नपुर र वडा नम्बर ३ कै अर्को गाउँ बिशनपुर समेत डुवानबाट पीडित हुने बताउनुभयो । भारतीय पक्षले सो क्षेत्रबाट शुरु गरेको टे«न्च बनाउने काम अहिले वडा नम्बर ७ सम्म पु¥याएको छ ।

झण्डै साढे तीन किलोमिटर लामो ट्रेन्चले भारत तर्फको ओारालो जमिन भएर बग्ने पानीको बहावलाई रोक्ने काम गर्ने भएकोले सो बस्ती डुवानको खतरामा परेको हो । गाउँ भन्दा माथि तिरको जंगल र मोहना नदीको पानी बगेर आउने ठाउँ नै त्यही भएकोले पानी जाने बाटो थुनिदिएपछि बाढीले बस्ती डुवानको खतरामा परेको हो ।

यो भन्दा अगाडि पनि १२ बर्ष पहिले बाँध लगाएको र सो स्थानीयले बिस्तारै खनेपछि अहिले फेरी बाँध उठाइएको शिबरत्नपुरका भलमन्सा राम प्रसाद चौधरी बताउनुहुन्छ । आफ्नै मातृ भाषामा बोल्दै भलमन्सा चौधरी सरकारले नै आफ्नो बस्ती र नेपाली भूमि डुवानबाट बचाउन पहल गर्नुपर्ने बताउनुभयो । सो क्षेत्रबाट खन्न शुरु गरिएको नाला वडा नम्बर ७ सम्म पुगेको वडा नम्बर ७ का स्थानीय दीपक सुनार बताउनुहुन्छ ।

भारतको यस्तो कामका कारण कैलालरीका गाउँपालिकाको वडा नम्बर ३, ४, ५, र ७, का बस्तीहरु डुवानको खतरामा परेको उहाँले बताउनुभयो । यस्तो ड्यामले बाढी र डुबानको जोखिम बढाएको उहाँले बताउनुभयो ।

भारतीय पक्षले अग्लो बाँध लगाउने गरी खनेको टे«न्च देखाउँदै सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित सांसद बीरमान चौधरीले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह कसैसित पनि सल्लाह नै नगरी भारतीय पक्षले बस्ती डुवानमा पार्ने काम गरेको बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय सन्धी अनुसार दुबै मुलुकले सीमाको एक किलोमिटर सम्मको दुरीमा कुनै संरचना बनाउउँदा एक अर्काको सहमति हुनपर्ने ब्यवस्था भएपनि भारतीय पक्षले एकलौटी गरिरहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय प्रावधान बिपरित भारतीय पक्षले नेपाली भूमि डुवानमा पर्ने गरी गरिरहेको बाँध बनाउने काम रोक्न संघीय सरकारका तर्फबाट कूटनीतिक रुपमै पहल हुन आवश्यक रहेको छ ।