माधव नेपालको पार्टीलाई मान्यता, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा

माधव नेपालको पार्टीलाई मान्यता, केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा

काठमाडौं | निर्वाचन आयोगले माधवकुमार नेपालको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गरेको छ ।

एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम दर्ता गरेर प्रमाण दिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सनाखतपछि दल दर्ता गरेर प्रमाणपत्र दिएको जानकारी दिए ।

नेपालको पार्टीको केन्द्रीय कार्यालय नया बानेश्वर तोकिएको छ ।

May be an image of text that says 'निर्वाचन आयोग, नेपाल ELECTION COMMISSION, NEPAL निर्वाचन कान्तिपथ, माडों राजनीतिक दल दर्ता नम्वर:- १६६ राजनीतिक दल दर्ता प्रमाणपत्र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी नामक राजनीतिक दलवाट छुद्रिई बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३(दोसो संशोधन अघ्यादेश, २०७5) को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्नें गरी आयोगबाट मिति २०७६/०५/०९ मा निर्णय भएकोले यो प्रमाणपत्र दिहएको छ। राजनीतिक दलको पुरा नाम:- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) राजनीतिक दलको केन्द्रीय कार्यालयको ठेगाना:- नयां बानेश्वर.काठमाडौ। २०७६/०५/०९ सुरेश अधिकारी) सचिव'