सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो (सूचनासहित)

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो (सूचनासहित)

सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ।  शसस्त्र प्रहरी बलको मानवश्रोत विभाग, मानवश्रोत निर्देशनालय अन्तरगतको भर्ना तथा छनौट शाखाले विभिन्न पदमा १ हजार ९५ जनाका लागि नयाँ भर्ना खुला गरेको हो ।

शुक्रबार प्रकाशित विज्ञापनअनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जना मागिएको छ।

उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिनेछ।

 

No description available.No description available.No description available.No description available.No description available.No description available.