कैलालीमा छाडा पुशचौपाया सहितको र्‍याली

कैलालीमा छाडा पुशचौपाया सहितको र्‍याली

धनगढी । कैलाली र कञ्चनपुरमा छाडा पुशचौपायाले गर्दा किसानलाई बारीको बाली जोगाउन धौधौ छ । स्थानीय सरकारलाई छाडा पशुचौपाया नियन्त्रणका लागि लामो समय देखि दबाब दिँदै आएका छन् । 

शुक्रबार फरक खालको स्थानीयहरुले प्रदर्शन गरेका छन्। कैलालीको अत्तरियामा पशु चौपायासहित प्रदर्शन गरेको हो। प्रदर्शनको अगुवाई सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था थ्रिडिभिएल क्रियशनले गरेको थियो।

सांकेतिक आन्दोलनस्वरूप पशु चौपायासहितको प्रदर्शन गरिएको संस्थाका अध्यक्ष दिपक ओझाले बताए। ‘किसानहरुले लगाएको खेतीबाली छाडा चौपायाले नष्ट गरिरहेका छन्’, उनले भने ‘छाडा चौपायाको व्यवस्थापन गर्न नसक्दा खेतीकै भरमा बाँचेका किसानको परिवारले भोकै पेट बस्नुपर्ने अवस्था आउने अवस्था छ, सरोकारवाला निकायको ध्यानकर्षणका लागि नै छाडा चौपायासहितको र्‍यालीको आयोजना गरेका हो।’

उनले स्थानीय तहहरुले चुनावी नारामा मुख्य प्राथमिकतामा राखेको छाडा पशु चौपाया हटाउने कुरा नारामै सीमित भएको बताए । विभिन्न ठाउँमा गौशाला निर्माण गरिएको भए पनि छाडा पशु चौपाय नियन्त्रण हुन सकेको अवस्था छैन ।