राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलालीको अध्यक्षमा दुर्गा भण्डारी चयन

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलालीको अध्यक्षमा दुर्गा भण्डारी चयन

कैलाली । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलालीको अध्यक्षमा दुर्गा भण्डारी चयन भएकी छन् ।

शनिवार धनगढीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ कैलाली तेस्रो साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम मार्फत भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

पाध्यक्षमा राम चन्द्र जोशी , महासचिवमा बम बहादुर बोगटी सचिवमा गोविन्द बानिया र प्रेम बहादुर बि क कोषाध्यक्षमा ज्ञानेन्द्र क्षेत्री र बर्षा साउद सह-कोषअध्यक्ष चयन भएका भन् । कार्यक्रमले सुभाष भुल सेट्टी ,धन बहादुर ठाकुर , पूजा बोगटी, सुवास बुढा , बाल चन्द्र राना र मुन्नी राना चयन भएका छन् । यस अघि २ कार्यकाल अध्यक्ष रहेका प्रकाश चन्दले आफ्नो कार्यकाल सफल रहेको बताएका हुन् ।

‘सीमित स्रोत र साधनका बिच हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ गठन गरेका थियौँ’ उनले कार्यक्रममा भनेका थिए ‘आज हामीसँग खेलाडीहरू थपिँदै जानु भएको छ । हामी पनि उत्साहित बन्दै गइरहेका छौँ ।’

साथै कार्यक्रममा निवर्तमान अध्यक्ष प्रकाश कुमार चन्दले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबै लाई मायाको चिनो वितरण गरेका थिए ।

त्यस्तै, कार्यक्रममा पत्रकार महासङका सुदूरपश्चिम सचिव हरि जोशी , खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सिताराम ओझा, निजी अस्पताल सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष जनकराज जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य–सचिव दीपक सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ केन्द्रीय अध्यक्ष दीपक श्रेष्ठ सहित विभिन्न खेलकुदसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।