धनगढीमा माघ अन्तिम सातादेखि ''लिटल फ्लावर प्रिमियर लिग-६'' सञ्चालन हुने

धनगढीमा माघ अन्तिम सातादेखि ''लिटल फ्लावर प्रिमियर लिग-६'' सञ्चालन हुने

धनगढी । धनगढीमा ''लिटल फ्लावर प्रिमियर लिग'' विद्यालय स्तरीय यु–१९ क्रिकेट प्रतियोगिताको छैटौं संस्करण २०७८ माघ अन्तिम सातादेखि सञ्चालन हुने भएको छ । आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक लिटल फ्लावर स्पोटर्स एण्ड इभेन्ट्स पा.लिले माघ अन्तिम साता देखि प्रतियोगिता सञ्चालन गरिने जानकारी दिएको हो ।

क्रिकेटको सहरका नामले परिचित धनगढीमा क्रिकेट खेलको विकास, विस्तार र यस खेलप्रति जनचेतना बढाउन स्कुल प्रतियोगिता महत्वपूर्ण हुने भन्दै इभेन्ट्सले हरेक बर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । आइतबार पहिलो औपचारिक पत्रकार सम्मेलन गर्दै लिटिल फ्लावर प्रिमियर लिग छैटौ संस्करणको सम्ंपूर्ण तयारीमा जुटेको इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए ।

उनले कोभिड–१९ ले श्रृजना गरेको त्रासलाई मध्यनजर गरि सुरक्षाका मापदण्ड अपनाएर प्रतियोगिता सञ्चालन गरिन लागिएको बताए । प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन् ।  देशभरका करिब १० विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए । केही दिन भित्रै पुरस्कार राशि घोषणा गरिने शाहीले बताए ।

उत्कृष्ट खेलाडीलाई भने २० हजार पुरस्कार रहेको  छ भने उत्कृष्ट बलरलाई १० हजार,उत्कृष्ट व्याट्स म्यानलाई १० हजार,र उदयमान खेलाडीलाई १० हजार पुरस्कार रहेको आयोजकले जनाइको छ । प्रत्येक खेलका प्लेयर अफ द म्याचको पुरस्कार धनगढीको गुरुजी सटिङ एण्ड सुटिङले प्रयोजन गरेको जनाएको छ ।

यस्तै प्रतियोगिताको एजुकेशन पार्टनरमा कैलालीको गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की रहेको छ । यस्तै यस्तै केक पार्टनरको रुपमा आगन केक्स धनगढी रहेको छ ।