पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्था बुझ्न मन्त्री जोशी सेती अस्पताल पुगिन्

पहिरोमा परी घाइते भएकाको स्वास्थ्य अवस्था बुझ्न मन्त्री जोशी सेती अस्पताल पुगिन्

धनगढी । दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालमा उपचार सुरु भएको छ । सोमबार साझ हेलिकप्टर मार्फत धनगढी ल्याईएका जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडालको सेती प्रादेशिक अस्पतालमा उपचार हुन थालेको हो । 

उनीहरुको अवस्था गम्भिर भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याईएको हो । घाइते दुवै जनाको स्वास्थ्य अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सेती प्रादेशिक अस्पतालमै पुगेकी थिइन् । मन्त्री जोशीले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित उपचारमा केही पनि कमी नगर्न अस्पतालाई निर्देशन दिएकी छिन । 

यस्तै दार्चुलामा बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघुजलविद्युत् समेत बगाएको छ ।

आइतबार राति आएको बाढीपहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो । बाढीपहिरो गएको क्षेत्रमा तत्काल नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ । घाईतेको उद्धार, विस्थापित परिवारलाई राहत र पुनः स्थापना गर्न सुरक्षाकर्मी परिचालित छन् ।

May be an image of 2 people, people sitting, people standing and indoorMay be an image of 2 people, people standing and outdoors