थारु समुदायले विवाहित छोरीलाई आज अष्टिम्कीको ‘अग्रासन’ दिदैं

थारु समुदायले विवाहित छोरीलाई आज अष्टिम्कीको ‘अग्रासन’ दिदैं

धनगढी । थारु समुदायले आज आफ्ना विवाहित छोरीचेलीलाई ‘अग्रासन’ (खानाका परिकारको उपहार) दिएर अष्टिम्की पर्व मनाइरहेका छन् । व्रतालुहरुले आफू खानु अगावै एक भाग निकालेर राखेको विभिन्न खानाका परिकार विवाहित छोरीचेलीलाई उपहारको रुपमा दिने चलन छ । यसलाई थारु भाषामा अग्रासन भनिन्छ । 

यो उपहार विवाहित छोरीचेलीका लागि अति नै महत्वपूर्ण रहेको भजनी नगरपालिका–२ का गंगा चौधरीले बताए । ‘हाम्रा छोरीचेलीहरु आजको दिन माइतीको अग्रासन कुरेर बसेका हुन्छन्’, उनले भने । ‘अग्रासन नपाएमा उनीहरु निराश हुने गर्दछन् ।’ 

अग्रासनमा फलफूल, भात, फूलौरी, हलुवा, भात, गेडागुडी, माछा लगायतका परिकार रहने गर्दछ । अष्टिम्कीको पहिलो दिन पानीसमेत नखाएर निराहार व्रत बसेकाहरु आज अन्नसहित मिठा–मिठा परिकार खाने गर्दछन् ।