अख्तियारको केन्द्रिय टोली कैलालीको गोदावरी नगरपालिकामा

अख्तियारको केन्द्रिय टोली कैलालीको गोदावरी नगरपालिकामा

धनगढी । कैलालीको गोदावरी नगरपालिकासहितका स्थानीय तहमा भएको अनियमितता छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली सुदूरपश्चिम आएको छ । 

आयोगका डिभिजनल इन्जिनियर राजेश कुमार दास नेतृत्वको टोली सुदूरपश्चिम आएको हो । मंगलबार आएको टोलीले, यस क्षेत्रका स्थानीय तहहरुमा भएको विकास निर्माणको अनुगमन गर्नेछ ।

आयोगको केन्द्रिय कार्यालयबाटै खटिएको टोलीले कार्यालय भित्र पुगेर कागजात अध्ययन गरीरहेको छ ।  टोली अहिले नगरपालिका भित्रै रहेको छ।  

नगरपालिकाका कार्यकारी प्रमुख देबराज जोशीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली नियमित कार्य सम्पादन हर्ने नगरपालिका पुगेको हो ।