सेती प्रयोगशालामा १३ नमुना परिक्षण गर्दा एक जनामा संक्रमण पुष्टि

सेती प्रयोगशालामा १३ नमुना परिक्षण गर्दा एक जनामा संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप एक जनामा कोरोना  पुष्टि भएको  छ । प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३ नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै १२ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा २ जना अस्पतालमा भर्ना भएका छन् । भने १ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै अस्पतालमा ५ जनाको आइसीयु र २ जनाको भेन्टीलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।  हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्।