एमाले सुदूरपश्चिमका प्रदेश सांसदहरु नेकपा एकीकृत समाजवादी रोज्न आज सनाखत गर्दै

एमाले सुदूरपश्चिमका प्रदेश सांसदहरु नेकपा एकीकृत समाजवादी रोज्न आज सनाखत गर्दै

धनगढी । नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहने सुदूरपश्चिमका प्रदेशसभा सदस्य आजै सनाखत गर्ने तयारीमा जुटेका छन् । आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका हुन् ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले आजै सनाखत गर्ने तयारी भइरहेको जानकारी दिइन् । निर्वाचन आयोगले २२ गतेसम्मको समय दिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा सभामुखसहित एमालेका २५ सांसद छन् । विगतमा उनीहरुमध्ये माधव नेपाल समूहमा १८ र ओली समूहमा ७ जना रहेका थिए ।