नेकपा (एस) को संसदीय दलको कार्यालय स्थापना

नेकपा (एस) को संसदीय दलको कार्यालय स्थापना

नेकपा (एकीकृत समाजवादी) को संघीय संसदीय दलको कार्यालय स्थापना गरिएको छ । 

एमाले विभाजन भएर बनेको नेकपा (एस) को सिंहदरबारस्थित संघीय संसद् सचिवालयको १ नम्बर भवन तेस्रो तलामा कार्यालय व्यवस्थापन गरिएको हो । अहिलेका लागि संसदीय दलको नेता र राष्ट्रिय सभा दलको नेताका लागिमात्रै कक्ष उपलब्ध गराइएको छ । 

प्रमुख सचेतकरसचेतक चयन भएपछि कार्यकक्ष थपिने सचिवालयले जानकारी दिएको छ ।

एकीकृत समाजवादीको संसदीय दलको बैठक कक्ष कहाँ राख्ने र कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो नलागिसकेको सचिवालयकाअधिकारीहरूको भनाइ छ ।