कञ्चनपुरमा बाढीले बाटो कटान गर्दा दुई गाउँको यातायात विच्छेद

कञ्चनपुरमा बाढीले बाटो कटान गर्दा दुई गाउँको यातायात विच्छेद

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर  १ र २ को बीच चुरे हुँदै बग्ने खहरे खोलाको कटानका कारण हात्तिथला–जडेपानी दुई गाउँ जोड्ने पुल छेउको कच्ची सडक बगाएको छ । बाटो कटान गरी बगाए पछि दुई गाउँ यातायातबाट विच्छेद भएका छन् । 

कटान सुरु भएको ४–५ दिन भई सक्दा समेत सम्बन्धित निकायले कटान रोक्न कुनै पहल नगरेको भन्दै स्थानीय चिन्तित भएका छन् । स्थानीयले छिटो कटान रोक्न र बाटो निर्माणमा पहलकदमी गर्दै सहज आवतजावतको लागी सडक सञ्चालनमा ल्याउन स्थानीय सरकारसँग माग समेत गरेका छन् ।