प्रतिमान निमा मेमोरियल फाउन्डेसनद्धारा सुदूरपश्चिम प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग

प्रतिमान निमा मेमोरियल फाउन्डेसनद्धारा सुदूरपश्चिम प्रदेश सरकारलाई स्वास्थ्य सामग्री सहयोग

धनगढी ।  प्रतिमान निमा मेमोरियल फाउन्डेसनले सुदूरपश्चिम प्रदेश सरकारलाई झन्डै १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

प्रतिष्ठानलाई अमेरिकामा विभिन्न संस्थाहरूसँग पहल गरी प्राप्त भएको स्वास्थ्य सामाग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले सुदूरपश्चिम प्रदेका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गर्नुभएको हो । 

प्रतिमान निमा मेमोरियल फाउन्डेसनले गाउन आइसोलेसन २४ सय, फेस सिल्ड २ हजार ३ सय २२, मास्क ८४ सय, एल-९५डिस्पोजेजेबल १८ सय, डिस्टो थर्मामिटर २०, प्रोटेक्टीभ फेस सिल्ड १ हजार ८ सय ९०, पिपिई मिडियम २ सय ७६, पिपिई लार्ज २ सय ७६, इमरजेन्सी रिलिफ बेड ४, गलब्स् १ लाख, र केएन-९५ प्रोटेक्टीभ मास्क १५ हजार ३ सय ६०  वटा सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ  । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तेस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी गरिरहेको र महामारीमा सहयोगी हातहरूले सहयोग गर्दा महामारीसँग जुध्न सकिने बताउँदै सहयोगी संस्थालाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।  

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रघुराम विष्टले तेस्रो चरणको महामारीसँग जुध्न धनगढी, टिकापुर, कञ्चनपुरमा बालबालिका लक्षित गरी अस्पतालमा बेडहरूको प्रबन्ध भइरहेको र सुदूरपश्चिम प्रदेशमा दक्ष जनशक्तिको खाँचो भएको बताए ।