दार्चुला तुइन प्रकरणः छानबिन समितिले प्रतिवेदन बुझायो

दार्चुला तुइन प्रकरणः छानबिन समितिले प्रतिवेदन बुझायो

दार्चुलाका जयसिंह धामी तुइनबाट खसेरु महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न बनेको समितिले गृह मन्त्री वालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले गृह मन्त्री खाणलाई प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनको निष्कर्ष र पूर्ण पाठ भने सार्वजनिक भएको छैन ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ‘तुइन खुुस्काइ’ दिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् । 
यसबीचमा सरकारले धामीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।