नेपाली कांग्रेसको वडा तहको अधिवेशन नजिकिदै, कस्तो छ तयारी

नेपाली कांग्रेसको वडा तहको अधिवेशन नजिकिदै, कस्तो छ तयारी

नेपाली कांग्रेसले मंगलबार थप तीन जिल्लाको क्रियाशील सदस्यता विवरण  वेबसाइटमा राखेको छ। यसअघि ५३ जिल्लाको विवरण सार्वजनिक भएकोमा मंगलबार सुनसरी, मकवानपुर र बाग्लुङ जिल्लाको विवरण सार्वजनिक भएको हो। 

निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवका अनुसार विवरण सार्वजनिक भइसकेका जिल्लामा निर्वाचन अधिकृतसमेत खटाइसकिएको छ।  संयोजक यादवका अनुसार अन्य १५ जिल्लामा निर्वाचन सामग्री र  निर्वाचन अधिकृत खटाउने तयारी भइरहेको जानकारी दिए। 

‘मंगलबारसम्ममा ५३ जिल्लामा निर्वाचन सामग्री र अधिकृत पुगिसकेका छन,’ यादवले भन्नु भयो, ‘थप १५ जिल्लामा निर्वाचन सामग्री र अधिकृत पठाउने तयारी गरिरहेका छौँ।’ संयोजक यादव  क्रियाशीलको विवरण निर्वाचन समितिलाई जिम्मा लगाउने क्रम चलिरहेको बताउँछन्। 

कांग्रेस कार्यतालिकाअनुसार १८ भदौमा वडा तहको अधिवेशन हुँदै छ। यसका लागि कांग्रेससँग एक दिन मात्रको समय छ। तर, निर्वाचन समितिले निर्वाचन समयमै सम्पन्न हुने दाबी गरेको छ।