कर्णालीका तीन प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजबादीमा

कर्णालीका तीन प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजबादीमा

कर्णाली प्रदेशका तीन जना एमालेका प्रदेशसभा सदस्यहरुले नेकपा (एकिकृत समाजबादी) पार्टी रोज्नु भएको छ । बुधबार प्रदेश निर्वाचन कार्यालयमा गएर उहाँहरुले नेकपा (एकिकृत समाजबादी) पार्टीको पक्षमा सनाखत गर्नु भएको हो ।

निर्वाचन कार्यालयका शाखा अधिकृत निर्मला रेग्मीले नेपाल पक्षमा मुगुका चन्द्रबहादुर शाही, जुम्लाका पदम बहादुर रोकाय र रुकुमपश्चिमका देबी वलीले एकिकृत समाजबादी पार्टीको पक्षमा सनाखत गरेको जानकारी दिनुभयो । नेकपा एमाले बिभाजन भए पछि अहिले को कता लाग्ने भन्ने बिषयमा केन्द्रीत भएको छ । तीन जनाले एकिकृत समाजबादी पार्टी रोजे पछि अब एमालेमा प्रदेशसभा सदस्यको संख्या १३ मा झरेको छ । २० जना प्रदेशसभा सदस्य रहेको एमालेमा चार जनाले फ्लोर क्रस गरेर मुुख्यमन्त्री महेन्द्रबहादुर शााहीलाई विश्वास मत दिए पछि कार्वाहीमा पर्नु भएको थियो । प्रकाश ज्वाला, अम्मर बहादुर शाही, कुर्मराज शाही र नन्द सिंह बुढा कार्वाहीमा परे पछि प्रदेशसभा पद रिक्त भएको थियो । अब १६ जना मध्य तीन जनाले एकिकृत समाजबादी रोजे पछि अब कर्णालीमा एमालेका सभामुखसहित १३ प्रदेशसभा सदस्य रहेका हुन ।