जिसस कैलालीका उपप्रमुखसहित तीन जनाले गरे नेकपा (एस) मा सनाखत

जिसस कैलालीका उपप्रमुखसहित तीन जनाले गरे नेकपा (एस) मा सनाखत

धनगढी । जिल्ला समन्वय समिति कैलालीका उपप्रमुखसहित तीन जनाले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । समन्वय समितिका उपप्रमुख सुन्दरी चौधरी, सदस्य मालतीदेवी विक र देवी भण्डारीले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । 

समन्वय समितिमा एमालेका ६ जनामध्ये पाँच जना एकीकृत समाजवादीमा आउने दाबी गरिएको छ । समन्वय समिति सदस्य टेकबहादुर बुढा र ललित साउँदले पनि आइतबार सनाखत गर्ने नेकपा समाजवादी कैलालीका नेता विमल जोशीले जानकारी दिए ।

उनका अनुसार बुढा र साउँद यसअघि नेपाल समूहका खुलेका थिए । जिसस प्रमख सूर्यबहादुर थापा भने एमालेमै छन् । ९ जनाको जिल्ला समन्वय समितिमा तीनजना जनता समाजवादी पार्टी (जसपा) का सदस्य छन् ।