दार्चुलाका बाढीपहिरो पीडितहरू लाई खाद्यान्न लगायतका राहत उपलब्ध गराउन लागिपरेका छौँ: मन्त्री जोशी

दार्चुलाका बाढीपहिरो पीडितहरू लाई खाद्यान्न लगायतका राहत उपलब्ध गराउन लागिपरेका छौँ: मन्त्री जोशी

धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहनु भएकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सुदूरपश्चिम प्रदेशभर विपदमा परेका परिवार तथा व्यक्तिहरू को उद्धार तथा राहतमा गम्भीर रहेको बताउनु भएको छ । 

प्रदेश सरकारले दार्चुलामा खाद्यान्न लगायतका अन्य राहत सामग्री उपलब्ध गराउन माग सहितको अनेरास्ववियू कैलाली अध्यक्ष किशोर शाहको ज्ञापन पत्र बुझ्दै मन्त्री जोशीले प्रदेश सरकार विपदमा परेका परिवार तथा व्यक्तिहरू को उद्धार तथा राहतमा गम्भीर रहेको बताउनु भएको हो । 

मन्त्री जोशीले शुक्रवार अनेरास्ववियू कैलालीको ज्ञापन पत्र बुझ्दै भन्नुभयो,  ‘प्रदेशका नागरिकको रक्षा गर्नु, सहज जीवनयापन गराउनु हाम्रो प्राथमिकता हो’ –‘दार्चुलाको पहिरोमा परेका व्यक्तिहरूलाई सुरक्षित राख्न प्रदेश सरकार लागिरहेको थियो ।

अहिले विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन भनी स्थानीय प्रशासनलाई निर्देशन दिइसकेका छौ ।’ उहाँले पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले १÷१ लाख रकम उपलब्ध गराउने छ । भने घाइतेहरूको निःशुल्क उपचार गराइरहेको बताउनु भयो । 

साथै मन्त्री जोशीले प्रदेश सरकारले दार्चुलामा खाद्यान्न लगायतका अन्य राहत उपलब्ध गराइरहेको समेत जानकारी गराउनु भएको छ ।