नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल भोलि

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल भोलि

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल भोलि (आईतवार) खेलिँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुने दोस्रो मैत्रीपूर्ण खेल नेपालको लागि अझै कठिन हुने अपेक्षा गरिएको छ। 

मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र भारतले बराबरी खेलेका थिए । बिहिबार भएको पहिलो खेलमा नेपालले ३५ औं मिनेटमा अग्रता लिए पनि खेल जोगाउन नसक्दा भारतमाथि जित हासिल गर्ने अवसर गुमाएको थियो। ३५ औं मिनेटमा नेपालका अञ्जन विष्टले गोल गरेका थिए । तर ६० औं मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काए  थिए । साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले बिहीबार दशरथ रंगशालामा खेलेको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।