नेपाल भारतको सामना गर्दै, सुरुआती ११ सार्वजनिक

नेपाल भारतको सामना गर्दै, सुरुआती ११ सार्वजनिक

नेपालले दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आइतबार भारतको सामना गर्दैछ । नेपालले दशरथ रंगशालामा हुने यस खेलका लागि आफ्नो सुरुआती ११ खेलाडीको सूची सार्वजनिक गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दोस्रो खेलमा उत्रने खेलाडीमा किरणचेम्जोङ, दिनेश राजवंशी, अनन्त तामाङ, गौत्तम श्रेष्ठ, सुजल श्रेष्ठ, पुजनउपरकोटी, तेज तामाङ, सुमन लामा, मनीष डांगी, आयुष घलान र आशिष लामा रहेका छन् ।

यस खेलसँगै नेपालका लागि कप्तान तथा गोलरक्षक किरणले सर्वाधिक खेल खेलेको कीर्तिमान राख्ने छन् । उनले ७४ औं क्याप जित्न लागेका हुन् ।

नेपाल र भारतबीचको पहिलो खेल १–१ को बराबरीमा टुंगेको थियो ।