कैलालीका ३२ जनप्रतिनिधिले एमाले परित्याग गर्दै नेकपा (एस) रोजे

कैलालीका ३२ जनप्रतिनिधिले एमाले परित्याग गर्दै नेकपा (एस) रोजे

धनगढी । कैलालीमा धेरै जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय कैलालीमा पुगेर ३२ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । उनीहरुले नेकपा एमाले छाड्दै माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन्।

जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुख सुन्दरीदेवी चौधरी, गोदावरी नगरपालिकाकी उपमेयर रत्ना कडायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगरले नेकपा (एकिकृत सामाजवादी) मा सनाखत गरेका छन्।

धनगढी उपमहागरपालिका वडा नम्बर १४ का अध्यक्ष रामबजारी चौधरी, गौरीगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जंगबहादुर बिक, गोदावरी नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कर्णसिंह बोहरा, मोहन्याल गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टेकेन्द्र बोगटी, टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

एकीकृत समाजवादीमा कैलालीका २४ जना वडा सदस्यले पनि सनाखत गरेका छन् । निर्वाचन आयोगले भदौ २२ गते बेलुका ५ बजेसम्म सम्म नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पाटी रोज्न पाउने व्यवस्था लागू गरेको छ ।