भीम रावलको गृह जिल्लाका १७ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

भीम रावलको गृह जिल्लाका १७ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

अछाम ।  अछाममा १३ जना जनप्रतिनिधिले नेकपा (एमाले) छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । सोमबार एक नगरप्रमुख, एक उपप्रमुख, एक वडा अध्यक्ष, १ जना गाउँकार्यपालिका सदस्य र नौ जना वडा सदस्य गरी १३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेको  जिल्ला निर्वाचन कार्यालय  निमित्त निर्वाचन अधिकारी गजेन्द्रबहादुर थारुले जानकारी दिए ।  

निर्वाचन कार्यालयका अनुसार नेकपा (एस) रोज्नेहरुमा साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवर, उपप्रमुख विर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिका–४ पायलका वडा अध्यक्ष हर्क लुहारले नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नुभएको छ । यस्तै मेल्लेख गाउँपालिकाका केही वडा सदस्य छन् । रामारोशन गाउँपालिकाका एक जना गाउँकार्यपालिका सदस्यले पनि आज समाजवादीमा सनाखत गरेको कार्यालयले जनाएको छ ।

साँफेबगर नगरपालिकामा नेकपा (एमाले) बाट विजयी भएका १४ मध्ये आठजना वडा अध्यक्ष र ढकारी गाउँपालिकाका ३ वडाका वडाअध्यक्षले विज्ञप्ती निकालेर एमालेमै रहने जनाएका छन् । अछाममा ९१ वडामध्ये २०७४ सालको स्थानीय निर्वाचनमा एमाले ३६ वडाध्यक्ष जितेको थियो । 

अछाम–१ का प्रतिनिधिसभा सदस्य तथा एमालेका उपाध्यक्ष भीमबहादुर रावल र अछाम–२ का प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी नेकपा (एमाले) मै छन् । 

एमालेका तत्कालिन जिल्ला अध्यक्ष रहेका राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, अछाम–२ (ख) का प्रदेशसभा सदस्य बलबहादुर सोडारी, प्रदेशसभाका समानुपातिक सदस्य मनाकुमारी साउँद र दुर्गा कामीले नेकपा समाजवादी रोजी सकेका छन् ।