काठमाण्डौमा रहेको अमेरिकी दूतावासले आफू अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउँदै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे तथ्यपूर्ण बहसको पक्षमा रहेको बताएको छ । सोमवार बेलुकी एक विज्ञप्ति निकाल्दै दूतावासले कुनै विषयमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रमा रहेको भन्दै एमसीसी बहसमा पनि यो कुरा लागू हुने बताएको हो ।
दूतावासले लेखेको छ, ‘हामी एमससीबारे हुने तथ्यमा आधारित बहसको पक्षमा छौँ, लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले आफ्नो विचार अभिव्यक्त गर्ने अधिकार छ ।’
हिजो आइतवार गृह मन्त्रालयले विभिन्न विषयमा छिमेकी देशका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गर्ने विज्ञप्ति निकालेको भोलि पल्ट दूतावासले यस्तो विज्ञप्ति निकालेको हो ।