नेपाललाई पीएनजीले दियो १३५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

नेपाललाई पीएनजीले दियो १३५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघिको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई पपुवा न्यु गिनी(पीएनजी) ले १३५ रनको लक्ष्य दिएको छ । ओमान भ्रमणमा रहेको नेपाललाई पीएनजीले टस जितेर बलिङको निम्तो दिएको थियो ।

पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनायो । पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन बनाए । त्यस्तै गौडी टोकाले २२, चार्ल्स अमिनीले २३, किप्लिन डोरिगाले १५ रन बनाए । त्यस्तै चाड सोपरले १८ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ९.५ ओभर बलिङ गरेका उनले ३५ रन खर्चिँदै ४ विकेट लिएका हुन् । त्यस्तै विक्रम सोब र कुशल मल्लले २-२ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए । नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सोबले पहिलो बलमै विकेट लिएर रेकर्ड बनाएका छन् ।