नेपालले तेस्रो विकेट गुमायो, ६ रन बनाएर कप्तान मल्ल आउट

नेपालले तेस्रो विकेट गुमायो, ६ रन बनाएर कप्तान मल्ल आउट

कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्केसँगै पपुवा न्युगिनीविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३५ रनको लक्ष्य पछ्याएको नेपालको तीन विकेट झरेको छ । अल अमेरत क्रिकेट मैदानमा नेपालका लागि २० बलको सामना गरेका कप्तान मल्ल मात्रै ६ रन बनाएर डामिनियन राभुको बलमा विकेटकिपर किप्लिन डोरिगाको हातबाट क्याच आउट भए ।

यसअघि ओपनरद्वय कुशल भुर्तेल १५ तथा आशिफ शेख ३० रन बनाएर आउट भएका थिए । १८।३ ओभर सकिँदा नेपाल ६१र३ को अवस्थामा ब्याटिङ गरिरहेको छ । पछिल्लो १८ बलमा पिएनजीले ८ रन मात्र दिएर १ विकेट लिएको छ ।