सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालीका– १६ का ६० बर्षीय पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

भेन्टीलेटरमा उपचाररत उनको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै मंगलबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११६ जनाको नमुना परिक्षण गदौ १५ जनामा कोरोना संक्रमण देखिएको हो । हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ ।