सुदूरपश्चिमका आर्थिक मन्त्री शाह राजीनामा दिने तयारीमा, ५ बजे पत्रकार भेटघाट !

सुदूरपश्चिमका आर्थिक मन्त्री शाह राजीनामा दिने तयारीमा, ५ बजे पत्रकार भेटघाट !

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले राजीनामा दिने तयारी गरेका छन् । दल विभाजनपछि पनि नेकपा एमालेमै रहेका एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाहले राजीनामा दिने तयारी गरेका हुन् ।

आज साँझ ५ बजे मुख्य मन्त्री कार्यालयमा मन्त्री शाहले पत्रकारसँग भेटघाट गर्दै छन । सोही क्रममा उनले राजिनामा दिन सक्ने सम्भावना छ । विगतमा मन्त्री शाह माधव नेपालको समूहमा रहेका थिए । तर दल विभाजन भएपछि भने उनले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ दिएका छैनन् ।