चौरपाटी गाउँपालिकाका अध्यक्ष साउँदले एमाले परित्याग गर्दै नेकपा (एस) रोजे

चौरपाटी गाउँपालिकाका अध्यक्ष साउँदले एमाले परित्याग गर्दै नेकपा (एस) रोजे

धनगढी । अछाम जिल्लाको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउँदले पनि एमाले परित्याग गर्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन । तत्कालीन नेकपा एमालेका जिल्ला कमिटी सदस्य समेत रहेका अध्यक्ष साउँदले मंगलबार जिल्ला निर्वाचन कार्यलय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन ।

सनाखतपछि प्रतिक्रिया दिँदै गाउँपालिका अध्यक्ष साउँदले केपी शर्मा ओली प्रतिगमनका विरुद्ध समाजवादी पार्टी रोजेको जानकारी दिए । उनले दुई तिहाई नजिकको सरकारलाई सञ्चालन गर्न नसकेर कम्युनिष्ट आन्दोलन समाप्तिको बाटोमा केपी ओली अग्रसर भएका कारण एमाले पार्टी परित्याग गरेको बताए ।

यस्तै गाउँपालिकाको वडा नम्बर ३ गगुडाका अध्यक्ष सहित चार जना जनप्रतिनिधिले पनि नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन । वडा नम्बर ३ का अध्यक्ष राम बहादुर साउँद, वडा सदस्य तथा न्यायिक समिती सदस्य बिरेन्द्र साउँद, नर बहादुर साउँद, लालमति साउँद र लक्ष्मी टमट्टाले पनि समाजवादी पार्टीको पक्षमा सनाखत गरेका हुन ।