नेपालमा १ हजार ६७७ कोरोना संक्रमित थपिए, २१ को मृत्यु

नेपालमा १ हजार ६७७ कोरोना संक्रमित थपिए, २१ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार १११ जनाको पीसीआर परीक्षणमा१ हजार ४२३ र ३ हजार ९२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९४।७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।