बहादुर सिंह कार्कीको उपचारका लागि एक लाख बढी आर्थिक सहयोग हस्तान्तरण

बहादुर सिंह कार्कीको उपचारका लागि एक लाख बढी आर्थिक सहयोग हस्तान्तरण

धनगढी । दुर्घटनामा परेर टाउकोमा गम्भीर चोट लागि धनगढीको निसर्ग हस्पिटलमा उपचाररत बहादुर सिंह कार्कीको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । नेपाल बजार विक्रि प्रतिनिधि संघ सुदूरपश्चिम प्रदेश समितीको पहलमा कार्कीको उपचारका लागि एक लाख ११ हजार नौं सय रुपैँया सहयोग गरिएको हो ।

मंगलबार एक कार्यक्रमका विच उनकी श्रीमती रेनुका कार्कीलाई संघका केन्द्रिय उपाध्यक्ष धुर्वराज कार्की र कैलाली उद्योग वाणिज्य संघका सचीव शिद्धराज पनेरुले संयुक्त रुपमा सो सहयोग रकम हस्तान्तरण गरेका हुन । उनको धनगढीस्थित निर्सग हस्पिटलको आईसीयु कक्षमा उपचार भइरहेको छ ।

गोर्खा लहरी प्रा.लीका कर्मचारी तथा नेपाल बजार विक्रि प्रतिनिधि संघका साधारण सदस्य समेत रहेका कार्की दुर्घटनामा परेर टाउँकोमा गम्भीर चोट लागेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा न्यू पदम सपिङ्ग सेन्टरका सञ्चालक पदमराज भट्ट, केन्द्रिय जनक ढकाल र डम्मर ठकुल्ला लगायत अन्य नेपाल बजार विक्रि प्रतिनिधि संघका सदस्यहरुको उपस्थिती रहेको थियो । भने सो कार्यक्रमको सञ्चालन संघका अर्थ सचीव धर्म सिंह धामीले गरेका थिए ।