पाँचथरमा दुई वडाध्यक्षसहित ११ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

पाँचथरमा दुई वडाध्यक्षसहित ११ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

पाँचथरका विभिन्न पालिकाबाट निर्वाचित ११ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेहरूमा एमालेबाट निर्वाचित एक जना जिल्ला समन्वय समिति सदस्य, दुई जना वडाध्यक्ष र एक जना गाउँ कार्यपालिका सदस्यसहित ११ जना जनप्रतिनिधि छन् । 

पाँचथरको प्रदेश (क) बाट निर्वाचित सांसद गणेश काम्बाङले भने यसअघि नै नेकपा एकीकृत समाजवादी रोजिसक्नुभएको छ । तत्कालीन एमालेमा माधव नेपाल समूहमा खुलेका फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्वाङ र याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेसहितका धेरैजसो जनप्रतिनिध एमालेमै खुलेका छन् ।