सकारात्मक उर्जाका लागि घरमा राख्नुस् यी ५ विरुवा

सकारात्मक उर्जाका लागि घरमा राख्नुस् यी ५ विरुवा

सकारात्मक उर्जाको हामी सबैलाई आवश्यकता हुन्छ । र आफ्नो आसपास सकारात्मक बनाइ राख्नका लागि हामी कयौं प्रयास गछौं ताकि पोजेटिभ इनर्जीको माहोल बन्न सकोस् । र, सवै नकारात्मक उर्जा हामीबाट टाढा जाओस् ।

सकारात्मक उर्जाका लागि केही केही विरुवाले पनि साथ दिने गर्छ । हरियालीमा मानिसको मनमा सकारात्मक उर्जा दिन सहायता गर्छ । त्यस कारण केही यस्ता बोट विरुवा छन् जसले हामीलाई उर्जावान बन्न मद्दत गर्छ । 

तुलसी

तुलसी स्वास्थ्यका हिसावले पनि निकै गुणकारी वस्तु हो । यो गुणकारी विरुवा स्वास्थ्यका लागि मात्र होइन सकारात्मक उर्जाका लागि पनि निकै फाइदायुक्त हुन्छ । 

मेहन्दी

सकारात्मक उर्जाका लागि शरीर तथा मन चुस्त र द्रुत हुन आवश्यक हुन्छ । र शरीर र मनको थकानलाई टाढा गर्न लागि गुलमेहन्दी निकै फाइदाजनक हुन्छ । यो विरुवा घरमा राख्दा निन्द्रको समस्या समेत अन्त्य हुन्छ । 

मनिप्लान्ट

घरको वातावरणलाई खुसी र सकारात्मक बनाउनका लागि मनिप्लान्ट पनि निकै सहयोगी हुने छ । 
यस विरुवाले घरमा रहेको नकारात्मकतालाई बाहिर लैजान्छ । 

घ्यू कुमारी

शरीरको सुन्दरताका लागि एलोभेराको निकै महत्व छ । तर के तपाइलाई घरमा रहेको नकारात्म उर्जा हटाउनका लागि एलोभेरा महत्वपूर्ण हुने कुरा जानकारी छ ?

वाँस

बेम्बु ट्रिले भाग्य तथा प्यार युक्त अवस्था बनाइ राख्नका लागि सहयाता गर्छ । 

यो सानो खालको वासलाई खासै हेरचाहा को आवश्यकता पनि पर्दै न । साने सिसाको भाडोमा थोरै पानी रखेर एक कुनामा राख्न सकिन्छ ।